पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका-१७ निवासी १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा-१७ विरौटामा बस्दै आएका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
उनका अनुसार पोखरा-१७ बालोदय चोकस्थित सिद्धार्थ राजमार्गको पोखरा-बुटवल सडकखण्डमा विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग१४प ४८७९ नम्बरको मोटरसाइकलले आज बिहान बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
त्यसपछि अनियन्त्रित भएको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको प्रहरी नायब उपरीक्षक पासवानले बताए । घटनापछि स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका उनले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान