सिन्धुली, कात्तिक २ :
सुनकोसी नदीमा सुमो खस्दा बेपत्ता भएका तीन जना अझै फेला परेका छैनन्। काठमाडौँबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान करिब २ः३० बजे सुनकोसी नदीमा खसेको थियो।
दुर्घटनामा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।
दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये सुमो चालक आशीष विश्वकर्मा बेहोस छन् भने सम्झना राईको अवस्था गम्भीर रहेको छ। सुमोमा चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान