शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
समाचार

विजयादशमीको दोस्रो दिन : आज पनि मान्यजनको हातबाट टीका लगाइँदै

हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन् ।
सक्रिय न्युज · १५ घण्टा अगाडि प्रकाशित
विजयादशमीको दोस्रो दिन : आज पनि मान्यजनको हातबाट टीका लगाइँदै
काठमाडौं, कात्तिक ५ :

विजयादशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ ।

आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ ।

बुधबार बडादसैँको मुख्य दिन अर्थात् बिजया दशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाहरुले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर बिजया दशमीको टीका थापिरहेका छन् ।  

हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन् ।

काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरु बाहिरबाट पनि काठमाडौँ आइरहेका छन् ।

बडादसैँको टीकाको मुख्य दिन बुधबार भएपनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।

त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार