शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका #अर्थमन्त्री डा.स्वर्णिम वाग्ले#हिउँ चितुवाको बासस्थानमा ह्रास#हानि–नोक्सानी कोष#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका
अर्थतन्त्र

भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा.वाग्लेबीच संक्षिप्त भेट

'एनडि टिभी वर्ल्ड समिट २०२६' मा अर्थमन्त्रीको सम्बोधन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा.वाग्लेबीच संक्षिप्त भेट
नयाँदिल्ली, कात्तिक ६ :

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले 'एनडी टिभी वर्ल्ड समिट २०२६' मा सम्बोधन गरेका छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी भएका हुन् । 
नयाँ दिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित 'इन्डिया टिभी वर्ल्ड समिट २०२६' को विशेष सत्रमा “निकटताबाट समृद्धि: भारत-नेपाल अवसर” शीर्षकको सत्रमा उनी अतिथि वक्ता हुन्।

यस अघि अर्थमन्त्री डा.स्वर्णिम वाग्ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एनडी टिभी विश्व सम्मेलनको सम्बोधन सत्रमा सहभागी भए । बिहीबार रातिको प्रधानमन्त्री मोदीले सम्बोधन गर्ने सत्रमा अतिथिको रुपमा उनी सहभागी भएका हुन् । 

सो सत्रपछि भारतीय प्रधानमन्त्री मोदी र अर्थमन्त्री डा.वाग्लेबीच संक्षिप्त भेट र कुराकानी समेत भएको थियो । उक्त सम्मेलनको विशेष सत्रमा भारतीय विदेश मन्त्री डा.एस जयशंकरले सम्बोधन गर्दा पनि उनी अतिथिको रुपमा कार्यक्रममा सहभागी भएका थिए । सो क्रममा उनीहरूबीच परिवर्तन भइरहेको विश्व व्यवस्थाका सम्बन्धमा रोचक प्रश्नोत्तर समेत भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार