शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी #सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन#प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण#डीडीसीका तत्कालीन महाप्रबन्धक#सञ्जीव झा पक्राउ#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी
समाचार प्रदेश बागमती प्रदेश स्वास्थ्य

स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो

७५ अंकसहित चन्द्रागिरि प्रथम हुँदा ७३.५ अंकसहित शंखरापुर दोस्रो हुन सफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ घण्टा अगाडि प्रकाशित
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो
काठमाडौं, कात्तिक १३ :

काठमाडौंका स्थानीय तहमध्ये कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य सेवाको क्षेत्रमा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । विभिन्न स्वास्थ्य सेवाका सूचकहरुका आधारमा कागेश्वरी तेस्रो भएको हो । यसअघि छैटौँ स्थानमा रहेको यो नगरपालिकाले ७३ अंक प्राप्त गरी यसवर्ष तेस्रो भएको हो ।

बागमती प्रदेश सरकार स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय अन्तर्गतको काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयद्वारा आज आयोजित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रममा कागेश्वरी मनोहरासहित ७५ अंकसहित प्रथम भएको चन्द्रागिरि र ७३.५ अंकसहित दोस्रो भएको शंखरापुर लगायत उत्कृष्टमा पर्न सफल नगरपालिकालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा, सम्पूर्ण जनप्रतिनिधिहरू, स्वास्थ्य शाखा, स्वास्थ्य संस्थाका प्रमुख तथा सम्पूर्ण स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कर्मचारी एवं सम्बन्धित सबैको योगदानबाट नै यो सफलता प्राप्त भएको जनाउँदै नगरपालिकाको तर्फबाट सबैमा हार्दिक आभार तथा उच्च सम्मान प्रकट गरेको छ । सुरुका दिनदेखि नै नगरप्रमुख कार्की नेतृत्वको जनप्रतिनिधिको टिमले स्वास्थ, शिक्षा र प्रविधिको क्षेत्रमा उल्लेख्य काम गर्दै आएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार