काठमाडौं, कात्तिक १४ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी छ ।
सभापति रवि लामिछानेको अध्यक्षतामा जारी बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकमा उपसभापति डा स्वर्णिम वाग्ले र सोविता गौतम, महामन्त्री विपिनकुमार आचार्य, सहमहामन्त्री असिम शाह, सचिवालय सदस्य शिशिर खनाल, कविन्द्र बुर्लाकोटी र गणेश पराजुलीलगायत नेता सहभागी हुनुहुन्छ ।