आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने

आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि बन्द गर्न लागिएको हो ।
सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने
धादिङ, कात्तिक १५ :

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार ३ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि बन्द गर्न लागेको जनाएको छ । बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न लागिएको छ ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) मुग्लिङ, चितवनलाई उद्धृत गर्दै प्रशासन कार्यालयले सोमबार दिनको ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त स्थान भएर चल्ने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको छ ।

सो अवधिभर वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार