शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने #सुनचाँदी#मूल्यमा उतारचढाव#राष्ट्रपतिसँग सभामुखको भेटवार्ता#कालीगण्डकी करिडोर सडक#सुक्खा पहिरो खस्दा सडक अवरुद्ध#कुकुरसहित प्रहरीको चेकिङ#मादल#पेसा ‘सङ्कटमा’#रनधता पोखरेलको निधन#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने
राजनीति

आईजीपीमा पुर्नबहालीको माग गर्दै कार्की सर्वोच्च पुगे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १ दिन अगाडि प्रकाशित
आईजीपीमा पुर्नबहालीको माग गर्दै कार्की सर्वोच्च पुगे
काठमाडौं, कात्तिक १९ :

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा निरन्तरताको माग गर्दै दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्।

सरकारले बुधबार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उनको स्थानमा एआईजी डा.मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएपछि उक्त निर्णय बदर गर्न माग गर्दै कार्की सर्वोच्च पुगेका हुन्। कार्कीको कार्यकाल अझै १७ महिना बाँकी थियो।

कार्की निकट कानुन व्यवसायीका अनुसार रिट निवेदनमा आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै पुनः आईजीपी पदमा बहाली गर्न माग गरिएको छ। सरकारले केसीलाई आईजीपी नियुक्त गरेपछि बुधबार नै उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार