शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की #पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण#नेपाल पत्रकार महासंघ#राष्ट्रपतिको ध्यानाकर्षण#टिपर सञ्चालनमा रोक#सभापति रवि लामिछाने#सर्वोच्च अदालतमा दर्ता#दानबहादुर कार्की
राजनीति

‘गगन थापालाई पक्रन कसैले सक्दैन’

सरकारको पछिल्लो गतिविधिप्रति प्रचण्डद्वारा चिन्ता व्यक्त
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १० मिनेट अगाडि प्रकाशित
‘गगन थापालाई पक्रन कसैले सक्दैन’
फाइल तस्वीर ।
काठमाडौं, कात्तिक २० :

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति गगन थापालाई कसैले पक्रन नसक्ने बताएका छन्। थुनामा रहेका इनम सापकोटाको अडिओलाई लिएर थापालाई पक्राउ गर्ने चर्चा भइरहेका बेला प्रचण्डले यस्तो बताएका हुन् ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार संविधान र लोकतन्त्रका मूल्यमान्यताविपरीत अघि बढ्न खोजेको टिप्पणी गर्दै सरकारको पछिल्लो गतिविधिप्रति चिन्ता व्यक्त गरे।

‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्यमान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ, उनले भने, गगनजी पक्रन कसैले सक्दैन।

यस्तै, प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाइएको विषयमा अदालतमा रिट परेको उल्लेख गर्दै प्रचण्डले विचाराधीन विषयमा टिप्पणी नगर्ने बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार