नुवाकोटको विदुर नगरपालिकाले भोटेकोशीको विनाशकारी बाढीमा बेपत्ता भएका ४१६ जनाको वडागत विवरण सार्वजनिक गरेको छ। नगर कार्यपालिकाको कार्यालयले मंगलबार सूचना जारी गर्दै बेपत्ता व्यक्तिहरूको नामावली सार्वजनिक गरेको हो।
नगरपालिकाले सार्वजनिक गरेको विवरणमा नाम, व्यक्तिगत पहिचान वा स्थायी ठेगानासम्बन्धी कुनै त्रुटि भए सच्याउन सम्बन्धित व्यक्ति तथा परिवारलाई आग्रह गरेको छ। विशेषगरी विदुर नगरपालिकाबाहिर स्थायी ठेगाना भएका व्यक्तिको विवरण सूचीमा समावेश भएको भए त्यसबारे जानकारी गराउन नगरपालिकाले अनुरोध गरेको छ।
सार्वजनिक विवरणमा कुनै दाबी, विरोध वा त्रुटि भए सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक प्रमाण तथा कागजातसहित लिखित निवेदन पेस गर्नुपर्नेछ। यसका लागि नगरपालिकाको सूचना प्रविधि शाखामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
तोकिएको समयभित्र विवरण सच्याउन वा सुधार गर्न कुनै निवेदन प्राप्त नभए सार्वजनिक गरिएको सूचीलाई नै अन्तिम विवरणका रूपमा कायम गरिने नगरपालिकाले जनाएको छ। त्यसपछि बेपत्ता व्यक्तिहरूको मृत्यु घोषणा गर्न सिफारिस गर्ने प्रक्रिया अघि बढाइने नगरपालिकाले स्पष्ट पारेको छ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छ : राष्ट्रपति पौडेल
भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछ : प्रधानमन्त्री शाह
हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना