
जनकपुर, साउन २१ :
मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ ।
गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम आज आधा झण्डा झुकाइएको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिनुभयो ।
आज दिनभर आधा झण्डा झुकाएर सबै मन्त्रालयलाई कामकाज गर्न निर्देशन दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
सिरहाको पतारी गाउँपालिका–२ पोखरभिण्डास्थित आफ्नै निवासमा गायक कामतको निधन भएको थियो ।