काठमाण्डौँ , कात्तिक १६ :

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

जस अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहीबार अमेरिकी डलर समान रहेको छ । दुवै दिन अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
 
युरोपियन यूरो भने थोरै वृद्धि भएको छ । आज एकको खरिदर एक सय ४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ३ पैसा कायम गरिएको छ । 

युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १२ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।
 
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३० पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८३ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।
 
जापानी येन १० को खरिददर आठ रुपैयाँ ७८ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा रहेको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ ।