काठमाडौँ, साउन २२ :

बौद्ध धर्मावलम्बी नेवार समुदायको आजबाट एक महिने गुँला पर्व शुरु भएको छ ।

बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण सांस्कृतिक पर्व ‘गुँला पर्व’ साउन शुक्ल पक्ष प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाउने गर्दछन् । बौद्ध धर्मावलम्बीका अनुसार यो पर्व नेपाल संवत्को गुँलात्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गरिन्छ।

नेवाः समुदायले मनाउने गुँला पर्वमा बिहान स्वयम्भू भगवानको अनिवार्य दर्शन गर्ने प्रचलन रहदै आएको छ । एक महिनासम्म परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यको परिक्रमा गर्ने परम्परा छ।

फोटोः काठमाडौं महानरपालिकाको वेबसाइ