काठमाण्डौं, साउन २२ :

निर्वाचन क्षेत्रमा अवलोकन गर्न जाँदा आफूमाथि दुर्व्यवहार भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले बताउनु भएको छ । 

आजको प्रतिनिधि सभामा बोल्नुहुदै आफ्नो निर्वाचन क्षेत्रको अवलोकनका लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा पर्ने मूलपानीमा आफूमाथि दुर्व्यवहार भएको बताउनुभयो ।

मुलपानी क्रिकेट स्टेडियममाथिको डाँडातिर पहिरो अवलोकन गरेर फर्कने क्रममा साँझ पाँच बजेको समयमा कागेश्वरी मनोहरा वडा नम्बर ६ मा रहेको मनकामना टोलमा सामान्य अवस्थामा नरहेका युवाहरुले आफूमाथि दूर्व्यवहार गरेको उहाको भनाई छ । 

अहिले दुर्व्यवहार गरिएको अन्तिमतिरको मात्रै भिडियो सामाजिक संजालमा अपलोड गरिएको बताउनुभयो ।  भिडिओ अपलोड गर्ने व्यक्तिको फेसबुक प्रोफाइल हेर्दा उनी राष्ट्रिय दलको संवेदनशील पदमा रहेको व्यक्ति भएको उहाले बताउनुभयो । यसरी बाटो कुरेर छोरी मानिसलाई तर्साउने काम जंगली भएन? यो अमर्यादित होईन ?उहाको प्रश्न थियो।
युवाहरु संलग्न रहेको पार्टी जिम्मेवार हुने कि नहुने? 

सरकारले सुरक्षा चुनौतीबारे संवेदनशील भएर सोच्नुपर्नेमा सांसद गौतमले जोड दिनुभयो ।