
काठमाण्डौं, साउन २२ :
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुभएको छ ।
देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले आज राजीनामा दिनुभएको बिबिसिले उल्लेख गरेको छ ।राजीनामा पछि उहाँले देश छाड्नुभएको समाचार छ ।
प्रधानमन्त्री हसिना भारतको पश्चिम बंगाल पुगेको जनाईएको छ ।
सरकार विरोधी प्रदर्शनमा प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको सरकारी निवासमा समेत हमला गरेका छन्।
आज बङ्गलादेशमा आरक्षणलाई लिएर आइतबारदेखि फेरि सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ ।

विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्याली गरिरहेका छन् ।
यसैबिच बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने एएफपीले जानकारी दिएको छ ।