शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार कृषि

तरकारी बालीमा झुसिलकिराको प्रकोप बढेपछि रामपुरका किसान चिन्तित

· बुधबार, ६ मंसिर, २०८१ मा प्रकाशित
तरकारी बालीमा झुसिलकिराको प्रकोप बढेपछि रामपुरका किसान चिन्तित
पाल्पा, मंसिर ६ :

रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिलकिराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् । 

रामपुर नगरपालिका- ६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले काउलीमा झुसिलकिराको प्रकोपले सताएको दुखेसो गर्नुभयो । काउलीका बोट फस्टाएपनि कीराको प्रकोपले फूल लाग्न नपाएको उहाँले बताउनुभयो ।

यसैगरी, रामपुर- ५ स्थित राङभाङमा टिकीसरा गौतमको काउलीमा पनि झुसिलकिराले आक्रमण गरेको छ । व्यावसायिक उत्पादनमा लाग्नुभएकी उहाँ पनि कीराले पिरोलिनुभएको छ । कीराको प्रकोपले उत्पादन नै नहुने हो कि भन्ने चिन्ता लागेको उहाँको गुनासो छ । 

झुसिलकिराको प्रकोप नियन्त्रण गर्न रामपुर नगरपालिका कृषि शाखाले स्थलगत निरीक्षण गरेको छ । पालिकाले किसानलाई निःशुल्क विषादी वितरण गरेको शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो ।

बेमौसमी खेती भएकाले कीराको प्रकोप भएको उहाँले बताउनुभयो । ‘इनामेक्टिन इन्जाइम बेन्जोइड’ विषादी प्रयोग गर्न किसानलाई सुझाव दिइएको उहाँले बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार