काठमाडौँ, साउन २४ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । 

बैठकमा गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित प्रतिवेदन र पार्टीका साङ्गठनिक कार्यक्रमहरूका विषयमा छलफल हुने बताइएको छ । 

बैठकले महासमिति बैठकबाट पारित नीति, साँगठानिक र समसामयिक राजनीतिक प्रतिवेदन परिमार्जन गरी अनुमोदन गर्ने तयारी छ ।