आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति विदेश

बंगलादेशमा आज अन्तरिम सरकार गठन हुने

· बिहीबार, २५ साउन, २०८१ मा प्रकाशित
बंगलादेशमा आज अन्तरिम सरकार गठन हुने
साउन २५ :

बंगलादेशमा आज नयाँ अन्तरिम सरकार बन्ने तयारी भएको छ । 

बङ्गलादेशका सेना प्रमुख जनरल वेकर–उज–जमानले नोबेल पुरस्कार विजेता मुहम्मद युनुस स्वदेश फर्किएपछि आज साँझ नयाँ अन्तरिम सरकारले सपथ लिने सम्भावना रहेको बताउनुभएको हो । 

“हामी बिहीबार सपथ ग्रहण समारोह आयोजना गर्न सक्दो प्रयास गर्नेछौँ,हामी करिब आठ बजे (जिएमटी १४ बजे) गर्न सक्छौँ, सपथ ग्रहण समारोहमा करिब चार सय व्यक्ति उपस्थित हुने सम्भावना छ”, उहाँले टेलिभिजन ब्रिफिङमा भन्नुभयो । 

युनुस अन्तरिम सरकारको नेतृत्व गर्न बङ्गलादेशमा आउँदा उहाँले ‘लोकतान्त्रिक प्रक्रिया’ मार्फत बङ्गलादेशको नेतृत्व गर्नुहुने सेना प्रमुखले बताउनुभयो । 

“उहाँ यस्तो गर्न अत्यन्त उत्सुक हुनुहुन्छ”, सेना प्रमुखले भन्नुभयो, “मलाई विश्वास छ, उहाँले हामीलाई सुन्दर लोकतान्त्रिक प्रक्रियामार्फत लैजान सक्षम हुनुहुनेछ र यसबाट हामी लाभान्वित हुनेछौँ ।”

नवनियुक्त प्रहरी प्रमुखद्वारा माफी

यसैबीच बङ्गलादेशका नवनियुक्त प्रहरी प्रमुखले बुधबार घातक विरोध प्रदर्शनका क्रममा अधिकारीहरूको आचारणका लागि माफी माग्नुभएको छ । साथै उहाँले हत्याको ‘निष्पक्ष’ छानबिन गर्ने वाचा गर्नुभएको छ । 

“हामी विद्यार्थी, सर्वसाधारण र प्रहरीको हालैका हरेक हत्याको निष्पक्ष छानबिन गर्न प्रतिबद्ध छौँ”, प्रहरी महानिरीक्षक मोहम्मद मैनुल इस्लामले पत्रकारहरूसँग भन्नुभयो ।

“अहिलेको आन्दोलनमा हाम्रा यसअघिका जिम्मेबार अधिकारीहरूले देशवासीको अपेक्षा अनुरूप आफ्नो जिम्मेबारी पूरा गर्न सकेनन्”, प्रधानमन्त्री पदबाट हटेपछि आफ्नो नियुक्ति भएको एक दिनपछि उहाँले भन्नुभयो, “म स्वयं प्रहरी प्रमुखका रूपमा यसका लागि बङ्गलादेश प्रहरीका तर्फबाट माफी माग्छु ।”

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार