
साउन २५ :
दक्षिणी जापानमा शक्तिशाली भूकम्प भएको छ । भूकम्प ७.१ म्याग्निच्यूडको गएको युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेलाई उल्लेख गर्दै बीबीसी हिन्दीले लेखेको छ ।
जापानी प्रसारक एनएचके वर्ल्डले भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ।
जापानका अधिकारीहरूले अहिले पश्चिमी टापु क्युसु र शिकोकुको प्रशान्त तटमा एक मिटरको समुद्री सतह बढ्ने खतरा रहेको बताएका छन्। जापानको मियाजाकी नजिक स्थानीय समय अनुसार आज दिउँसो ४ बजेर ४२ मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।