दक्षिण कोरियाको एक विमानस्थलमा विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु
दुई जना जीवितै फेला परेको र उद्धार कार्य जारी
आइतबार, १५ पुस, २०८१ मा
प्रकाशित
काठमाण्डौं, पुस १५ :
दक्षिण कोरियाको एक विमानस्थलमा १८१ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको समाचार संस्था योनहापले जनाएको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।
थाइल्याण्डको बैंककबाट १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य लिएर उडेको जेजु एयरको विमान अवतरणगर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।
दुई जना जीवितै फेला परेको र उद्धार कार्य जारी रहेको एक अग्नि नियन्त्रक अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएका छन् ।
योनहापका अनुसार विमानमा १७३ जना दक्षिण कोरियाली र दुई जना थाइल्याण्डका नागरिक सवार थिए ।
दुर्घटनाको कारण अझै थाहा हुन सकेको छैन ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।