काठमाण्डौं, पुस १५ :

दक्षिण कोरियाको एक विमानस्थलमा भएको  विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको छ । 

मृत्यु हुनेमा महिला ३७ जना  र पुरुष २५ जना रहेका छन् । कोरियाली समाचार एजेन्सीका अनुसार देशको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

थाइल्याण्डको बैंककबाट १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य लिएर उडेको जेजु एयरको विमान अवतरणगर्ने क्रममा दुर्घटना भएको बताइएको छ ।  उद्धार कार्य जारी छ ।