काठमाडौं, पुस १९ :

बालकलाकार एवं गायक सचिन परियारको निधन भएको छ । 

परियारको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको हो ।

उनी लामो समयदेखि अस्वस्थ थिए ।

सानै उमेरमा लोक तथा दोहोरी गीत गाएर चर्चा कमाएका सचिनको स्वास्थ्यमा समस्या आएपछि एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।