काठमाडौं ।, पुस १९ :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पसँग कुरा गर्दै अमेरिकामा भएको चरमपन्थी हमलाको निन्दा गरेका छन् ।

उनले आक्रमणमा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

‘आतंकवादलाई जरैबाट उखेल्नुपर्छ र हामीले यो लक्ष्य छिटै हासिल गर्ने उपायहरूबारे कुरा गर्यौं,’ प्रधानमन्त्रीले मोदीले सामाजिक सञ्जालमा लेखेका छन् ।

आईएस समूहबाट प्रेरित भएर गरिएको थियो आक्रमण

अमेरिकाको न्यु अर्लिन्समा बुधबार एक व्यक्तिले भिडलाई ट्रकले कुचेको छ । यो दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । ३५ जनाभन्दा धेरै सर्वसाधारण घाइते भएका छन् ।

दुर्घटनाबारे एफबीआईले भनेको छ कि आरोपीको गाडीमा चरमपन्थी संगठन आईएसको झन्डा भेटिएको छ । साथै घटनास्थलबाट हतियारसमेत बरामद भएको छ ।
-बीबीसी