काठमाण्डौं, पुस २२ :

अमेरिकी विदेश मन्त्रालयले इजरायललाई आठ अर्ब अमेरिकी डलर बराबरको हतियार बिक्री गर्ने योजनाबारे कंग्रेसलाई जानकारी गराएको एक अमेरिकी अधिकारीले  पुष्टि गरेका छन् ।

हाउस र सिनेटको समितिबाट अनुमोदन आवश्यक पर्ने ती हतियारमा क्षेप्यास्त्र,गोला र अन्य हतियार समावेश छन् ।

राष्ट्रपति जो बाइडनले पद छाड्नुभन्दा दुई साताअघि यो कदम चालेका हुन् । वासिङ्टनले गाजा युद्धका क्रममा मारिएका सर्वसाधारणको संख्याका कारण इजरायललाई दिइने सैन्य समर्थन स्थगन गर्ने आह्वानलाई अस्वीकार गरेको छ ।

गत अगष्टमा अमेरिकाले इजरायललाई २० अर्ब अमेरिकी डलर बराबरको लडाकु विमान र अन्य सैन्य उपकरण बिक्री गर्न स्वीकृति दिएको थियो ।

हावाबाट हावामा प्रहार गर्न सक्ने क्षेप्यास्त्र,हेलफायर क्षेप्यास्त्र,तोपखानाका गोलाहरू र बमहरू  ढुवानी गरिने  अमेरिकी अधिकारीहरुले बताएका छन्।

राष्ट्रपति ट्रम्पले इजरायललाई आफ्ना नागरिकको रक्षा गर्ने,अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुन अनुसार रक्षा गर्ने र इरान र यसका  संगठनबाट हुने आक्रमण रोक्ने अधिकार रहेको स्पष्ट पारेको बीबीसीले उल्लेख गरेको छ ।