
काठमाडौँ, साउन २९ :
नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि बस्दैछ ।
महासमितिको बैठकाबाट अनुमोदनका लागि केन्द्रीय समितिमा पठाइएका प्रस्तावहरुमाथि केन्द्रीय समितिका सदस्यहरुले आफ्नो धारणा राख्ने काम बैठकमा भइरहेको छ ।
बैठकमा सरकारको नयाँ स्वरुपसँगै हुनसक्ने भावी योजनाका बारेमा केही केन्द्रीय सदस्यहरुले पार्टी नेतृत्वको स्पष्टिकरण मागेका छन ।
सरकार संचालन र पार्टीको आगामी रणनीतिको बारेमा समेत बैठकमा विभिन्न धारणाहरु आएका छन ।
केही केन्द्रीय सदस्यहरुले नेपाल हिन्दू राज्य बनाउन काँग्रेसले नेतृत्व गर्नुपर्ने माग गरेका थिए भने केहीले केपी ओलीले सहज सत्ता हस्तान्तरण गर्ने विषयमा आशंका व्यक्त गरेका थिए ।
केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेपनि पार्टीको पूर्व निर्धारित समय तालिका अनुसार बैठक आज समापन हुनेछ ।।