काठमाडौँ, साउन २९ :

राष्ट्रियसभा अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको समिति सभापति जयन्ती देवी राईले जानकारी दिनुभयो । 

हिजो पनि समितिले मिडिया काउन्सिल विधेयकका विषयमा छलफल गरेको थियो ।