
काठमाडौँ, साउन २९ :
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
हिजोदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नुभएको ६१ बुँदे समसामयिक राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठनको विषयमा छलफल केन्द्रित छ ।
बैठकमा अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव र सिफारिसका आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने राजनीतिक प्रस्ताव पार्टीको बैठकमा पेस गर्नुभएको हो ।
ललितपुरको सानागाउँस्थित थसी बैंक्वेटमा जारी बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको सङ्गठन सुदृढीकरणलगायतका विषयमा पनि छलफल हुने जसपा नेपालले जनाएको छ ।
बैठक साउन ३० गतेसम्म चल्ने छ ।