काठमाडौँ, साउन २९ :

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबारदेखि चलिरहेको बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेक्रम जारी रहेको छ। 

४४ सदस्यीय रहेको समितिमा आइतबारसम्म १४ जना स्थायी समिति सदस्यले धारणा राखिसकेको उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।