आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

बुधबार विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी

· सोमबार, २९ साउन, २०८१ मा प्रकाशित
बुधबार विश्वासको मत लिने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी
सुदुरपश्चिम, साउन २९ :

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने तयारी गर्नुभएको छ
 
मुख्यमन्त्री शाहले पर्सि बुधबारका दिन विश्वासको मत प्रयोजनका लागि व्यवस्थापन गरिदिन भन्दै आज प्रदेशसभा सचिवालयलाई पत्र पठाउनुभएको छ ।

बुधबारका दिन विश्वासको मत लिने गरी मुख्यमन्त्रीबाट पत्र आएको जानकारी सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ । 

प्रदेशसभाको भोली बस्ने बैठकले पर्सि विश्वासको मतको लागि बैठक राख्ने नराख्ने निर्णय हुने सचिवालयको भनाई छ । एमालेको समर्थनमा गत साउन २० गते शाह मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार