काठमाडौं, माघ ७ :

प्यालेस्टाइनी विद्रोही समूह हमासले पहिलो चरणमा रिहा हुने तीन जनाको नाम सार्वजनिक गरेको छ ।

हमासले  इजरायलसँगको युद्धविरामका क्रममा पहिलो चरणमा रिहा गर्ने भनिएका तीन महिला बन्धकको नाम सार्वजनिक गरेको हो । 

उनीहरू इजरायलका रोमी गोनेन, एमिली दमारी र डोरोन स्टेनब्रेचर हुन् । हमासले रिहा हुने बन्धकहरूको सूचीमा नेपालका विपिन जोशीको नाम पनि समावेश हुने आशा गरिएको छ ।

तीन महिलामा एकजना ३१ वर्षकी भेटनरी नर्स, सुपरनोभा फेस्टिभलका क्रममा बन्धक बनाइएकी २४ वर्षकी युवती र ब्रिटिस इजरेली दोहोरो नागरिकता रहेकी २८ वर्षकी युवती रहेको जनाइएको छ ।

गाजामा युद्धविराम सम्झौताको पहिलो चरण आइतबारबाट सुरु भएको हो । त्यहाँ १५ महिनापछि जारी युद्ध अन्त्य भएको छ ।