काठमाडौँ, साउन ३० :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान १०ः३० बजे बस्ने छ ।

प्रतिनिधिसभाको बैठकअघि रास्वपाले संसदीय दलको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका सम्बन्धमा छलफल गर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।