साउन ३० :

आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दै छन् । 

अहिले बिहान आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणको लागि अनिवार्य सर्त रहेका  सुशासन र यसको प्रवर्द्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ । 

त्यसैगरी मध्यान्ह सवा १२ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित १८ देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।