काठमाडौं, माघ १० :

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। 

स्वास्थ्यमा समस्या देखिएपछि बुधबारका लागि तय गरिएको भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बालुवाटार स्रोतले जनाएको छ।  

प्रधानमन्त्री ओली सशस्त्र प्रहरी दिवसको अवसरमा हल्चोकमा आयोजित समारोहमा उपस्थित हुने कार्यक्रम तय भएको थियो ।

चिसोका कारण उनको घाँटीमा समस्या आएको बुझिएको छ । उनको सचिवालयका अनुसार चिसोको कारण स्वर भासिएकाले बोल्न असहज भएको हुँदा बालुवाटारमै आराम गरिरहेका छन् ।

ओली मंगलबार अबेरसम्म पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए।