बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो #लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना#प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष#यु-१९ महिला क्रिकेट#नेपालले हङकङलाई हरायो
राजनीति

सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबी निर्देशकलाई गृहमन्त्री लेखकको आग्रह

· बिहीबार, ११ माघ, २०८१ मा प्रकाशित
सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडीबी निर्देशकलाई गृहमन्त्री लेखकको आग्रह
काठमाडौं, माघ ११ :

गृहमन्त्री रमेश लेखक र एसियाली विकास बैंक (एडीबी) को नेपालस्थित देशीय निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बिहीबार भएको भेटमा गृहमन्त्री लेखकले भौतिक पूर्वाधार निर्माणमा एडीबीले पुर्‍याएको योगदानप्रति धन्यवाद दिए ।

साथै मन्त्री लेखकले पूर्व-पश्चिम राजमार्गको गड्डाचौकी-कोहलपुर खण्ड स्तरोन्नति, सुदूरपश्चिमको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकास गर्न थालिएको महाकाली करिडोरको सडक निर्माणमा सहयोग, कैलालीको गोदावरीदेखि डडेल्धुरासम्मको सडक स्तरोन्नति, भारतीय सहयोगमा निर्माणको प्रक्रियामा रहेको दोधारा चादँनी सुक्खा बन्दरगाह वरपर अन्य भौतिक संरचना निर्माण गरी नमुना सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्न एडिबीसित आग्रह गरे ।

त्यसैगरी मन्त्री लेखक र एडिबी निर्देशक कोस्वाबीच सुदूरपश्चिम पालिकामा एडिबीको सहयोगमा बनिरहेका आधुनिक शहरको निर्माणलाई थप निरन्तरता र सुदूरपश्चिमको धार्मिक पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा सहयोगका विषयमा छलफल भएको छ ।

एडिबी प्रतिनिधिसितको छलफलमा मन्त्री लेखकले गत वर्ष एडिबीले सुदूरपश्चिमको पर्यटकीय विकासका लागि गरेको ‘सर्वे रिपोर्ट’ कार्यान्वयनमा समेत जोड दिए । एडिबीका निर्देशक  कोस्वाले उक्त विषयमा एडिबीको माथिल्लो तहसित छलफल गरी जवाफ दिने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार