शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार मनाेरञ्जन

‘नेपाल आर्ट एक्स्पो’ मा चौध देशका कला सिर्जना समावेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, १२ माघ, २०८१ मा प्रकाशित
‘नेपाल आर्ट एक्स्पो’ मा चौध देशका कला सिर्जना समावेश
काठमाडौँ, माघ १२ :

बिहीबारदेखि सुरु भएको ‘नेपाल आर्ट एक्स्पो’ मा १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरीएको छ ।  

नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । एक्स्पो आगामी चार दिनसम्म जारी रहने छ ।
 
एनएसजी इन्टरनेसनल आर्टिस्ट ग्रुपले आयोजना गरेको एक्स्पोमा ७० जना नेपाली कलाकार छन् । एक्स्पोमा बङ्गलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकार र उनीहरूका कलाकृति समावेश छन् ।

एक्स्पो अन्तर्गत आज परम्परागत नेपाली चित्रकलासम्बन्धी कार्यशाला हुनेछ । अन्तर्राष्ट्रिय कलाबारे जान्न नेपाली कलाकारका लागि कार्यशाला उपयोगी हुने एक्स्पोका नेपाल प्रतिनिधि सुष्मा श्रेष्ठले बताइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार