काठमाडौं, माघ १४ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले पोखरमा आफूहरू बसेको होटेलको सीसीटीभी फुटेज माग गरेकी छन् ।

उनले गत पुस २९ गते आफूहरू बसेको पोखरास्थित होटेल ओपन हाउसको सीसीटीभी फुटेज र त्यस दिनको खर्चको विवरण झिकाउन माग गरेकी हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आइतबार उजुरी पेस गर्दै होटेल ओपन हाउसको राति ८ देखि १० बजेसम्मको फुटेज झिकाउन उनले माग गरिन् । कृषि समितिका सदस्यहरु २९ पुसमा पोखराको उक्त होटेलमा बसेका थिए ।

रास्वपामाथि अनावश्यक टिप्पणी गरेको भन्दै आपत्ति जनाएकी सांसद कठायतलाई अनावश्यक लाञ्छनाभन्दा प्रमाण देखाउन बैठकमा भनेपछि कठायतले सीसीटीभी फुटेज माग गरेकी हुन् ।