काठमाडौं, माघ १६ :

आवासीय चिकित्सकहरूले  चौबीसघण्टाभित्र आफूहरुको माग पूरा नगरे अत्यावश्यकबाहेकका सम्पूर्ण सेवाहरु बहिष्कार गर्ने चेतावनी दिएका छन् ।

इन्टर्न तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सरकारी सरह कायम गर्नुपर्ने उनीहरुको माग छ ।

स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । समितिका संयोजक डा. शेषराज घिमिरेले समितिसँग विगतमा गरेको सम्झौताविपरीत अन्य कुनै निर्णय गरेमा समितिसहित आवासीय चिकित्सकहरू सशक्त रूपमा प्रतिकारमा उत्रने  विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

‘स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीद्वारा संयुक्त रुपमा गरिएको भनिएको सारा नेपाली डाक्टरहरुको अपमान हुने खालको सिफारिस चौबीसघण्टाभित्र सच्याइ सम्पूर्ण इन्टर्न  तथा एमडी, एमडीएस, एमडी, एमसीएच रेजिडेन्टहरूको पारिश्रमिक न्यूनतम सकारी सरह कायम गर्न र सम्पूर्ण पीजी कार्यक्रमहरू पूर्णत: शुल्करहित र बोन्डरहित बनाउन अन्तिम चेतावनी दिन्छौं,’ विज्ञप्तिमा  भनिएको छ ।

 

यस्तो छ विज्ञप्ति