
Photo: CAN
काठमाडौँ, माघ २१ :
त्रिदेशीय महिला टी- ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आज तेस्रो खेलमा नेदरल्यान्ड्ससँग प्रतिष्पर्धा गर्दैछ ।
खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
शृङ्खलामा बिहीबार भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भयो । थाइल्याण्डले अस्ति शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।
प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुनेछ । लिग चरणको अङ्क तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
त्रिदेशीय टी- २० शृङ्खलामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड छन् ।