काठमाडौँ, माघ २२ :

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले वितरण लाइन भूमिगत गर्ने कार्यका लागि फरक- फरक दिन केही ठाउँमा विद्युत सेवा बन्द गर्न लागेको जनाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै आजदेखि माघ २९ गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।