काठमाडौँ, माघ २३ :

काठमाडौंमा जारी त्रिदेशीय महिला टी- २०आई शृङ्खलाको आफ्नो चौथो खेलमा नेपालले आज (मंगलबार) थाइल्यान्डसँग खेल्दै छ ।

यो खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँनेछ ।

नेपालको कप्तानमा इन्दु बर्मा छिन् भने थाइल्यान्डको कप्तानमा नारुमोल चाइवाइ छिन् ।

पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब रहेको छ । 

थाइल्यान्डले भने तीनवटै खेलहरू जितेको छ । आज खेल जितेमा थाइल्यान्ड शृङ्खला जित्ने बलियो अवस्थामा पुग्नेछ ।

महिला टी- २०आई वरियतामा थाइल्यान्ड १३ औं स्थानमा छ भने नेपाल २०औं स्थानमा छ । 

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्ड सम्मिलित शृङ्खलामा सबै टोलीले एक अर्कासँग ३- ३ खेल खेल्ने छन् । नेपालले भोलि नेदरल्यान्ड्स र माघ २५ मा थाइल्यान्डसँग खेल्ने छ ।

सबै खेल सकिँदासम्म उच्च अङ्क हासिल गर्ने टिम शृङ्खलाको विजेता बन्ने छ ।