
काठमाडौं, माघ २३ :
नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोश्रो स्थानमा रहेको छ भने यसबाट हुने मृत्यु पहिलो स्थानमा रहेको पछिल्लो तथ्यांकले देखाएको छ । त्यसैले यसको रोकथाम गर्नु हाम्रो पहिलो आवश्यकता हो ।
यो रोगबाट सुरक्षित हुन एचपीभी खोप लगाउनुपर्छ । त्यसैले, सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दै छ ।
यो खोप कक्षा ६ देखि १० सम्मका छात्रा र विविध कारणले विद्यालयबाहिर रहेका १० देखि १४ वर्षसम्मका किशोरीलाई विभिन्न विद्यालयमा लगाउने व्यवस्था मिलाइएको छ । यो अभियानमा सरिक हुन र आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न म सम्बन्धित सबैलाई अपिल गर्दछु ।