
सुनचाँदी पसल चोरीको योजना बनाउने एक भारतीयसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा लहान नगरपालिका ७ का ४५ वर्षीय विकासकुमार शारदाको जाहेरीपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका ८ का ४५ वर्षीय इन्दल भन्ने इन्द्रनारायण चौधरी, लहान २२ का ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया र भारतको पश्चिम बंगाल, हुगली ग्राम पञ्चायत भगवतीपुर ७ बस्ने नीरोज भन्ने मेहराज मोन्डल रहेका छन् ।
चौधरी, मुखिया र मोन्डलले लहान ७ मा रहेको विकास ट्रेडर्स (सुन-चाँदी पसलमा) चोरी गर्ने योजना बनाएका थिए । अनुसन्धानका क्रममा प्रहरीले माघ २२ गते तीनै जनालाई पक्राउ गरिएको नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जनाए ।
यस्तै प्रहरीले लहान ४ का ४१ वर्षीय दिनेश विश्वकर्मालाई प्रहरीले माघ २३ गते नियन्त्रणमा लिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।