काठमाडौँ, माघ २६ :

त्रिदेशीय महिला टी- २ शृङ्खलामा लगातार पाँच खेलमा पराजित नेपाली महिला क्रिकेट टिमले आज (शुक्रबार) थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल दिउँसो १२ : १५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालमाथि घरेलु मैदानमा जित निकाल्नु पर्ने दबाब छ । पाहुना टोली थाइल्यान्डका लागि समेत उपाधिका लागि आज नेपाललाई हराउनै पर्ने दबाब छ । 

पाँच खेल खेलिसकेको थाइल्यान्डले एक खेलमा पराजित हुँदै आठ अङ्क बनाएको छ । तालिकाको दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको पनि समान आठ अङ्क बनाएकाले थाइल्यान्डका लागि नेपालसँगको खेल जित्नुपर्ने पर्ने दबाब छ ।

घरेलु मैदानमा नेपालले भने खाता खोल्नै सकेको छैन । आजको खेल शृङ्खलाको अन्तिम भएकाले नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।

रनरेटका आधारमा थाइल्याण्ड शीर्ष स्थानमा छ भने नेदरल्यान्ड्स दोस्रो स्थानमा छ। नेपाल भने अङ्क विहीन हुँदै तालिकाको पुछारमा रहेको छ ।