
प्रतीकात्मक तस्बिर ।
बर्दिया, माघ २६ :
बर्दियाको बढैयाताल गाउँपालिका ७, कर्णालीपुलबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ३९० मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका ८ का २४ वर्षीय हरि थापा मगरलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।