अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले उप-राष्ट्रपति कमला ह्यारिसलाई डेमोक्रेटिक राष्ट्रपति पदको उम्मेदवार बन्न अनुमोदन गरेका छन् । उपराष्ट्रपति ह्यारिसलाई पूर्व राष्ट्रपति ओबामाले समर्थन गर्ने कि नगर्ने भन्ने अन्योल अब अन्त्य भएको छ । पूर्व राष्ट्रपति ओबामा र पूर्व प्रथम महिला मिशेल ओबामाले संयुक्त रुपमा प्रतिक्रिया दिदै “ह्यारिससँग दृष्टि, चरित्र र शक्ति रहेको छ जुन अहिलेको महत्वपूर्ण माग हो” भनेका छन् । 
राष्ट्रपति जो बाइडेनले गत आइतवार आफू दौडबाट बाहिरिने घोषणा गरेपछि ओबामाले बाइडेनको निकासको प्रशंसा गरेका थिए तर ह्यारिसलाई समर्थन गर्ने वा नगर्ने केही भनेका थिएनन् ।
अमेरिकी उप-राष्ट्रपति ह्यारिसले पहिले नै डेमोक्रेटिक प्रतिनिधिहरू बहुमतको समर्थन प्राप्त गरिसकेका छन ।अगस्टमा हुने पार्टी अधिवेशनमा आधिकारिक उम्मेदवार बन्ने मार्ग समेत प्रशस्त बनाईएको छ ।