कास्की, फागुन ४ :

२४औं आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले जितेको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्सले २४औं आहारारा पोखरा गोल्डकपको उपाधि जितेको हो ।

शनिवार पोखरा रंगशालमा भएको खेलमा उज्बेकी क्लबले पुलिसलाई ३-१ ले हराएको हो ।

सातौं पटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकी क्लबसामु निरिह देखियो। विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहाराराको आकर्षक ट्रफी प्राप्त गर्‍यो भने उपविजेता पुलिसले ६ लाख १ हजार हात पार्यो।

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्री स्टारलाई ४–० ले पराजित गरेको थियो ।