शुक्रबार, ११ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश #नागरिक लगानी कोष#प्रधानमन्त्री बालेन्द्र शाह#सभापति रवि लामिछाने#मृत घोषणा#सरकारसमक्ष सिफारिस#पूर्वमुख्यसचिव एकनारायण अर्याल#आदिवासी जनजाति#रासायनिक मल#मल मौज्दात#निर्वाचनको तयारी#केन्द्रीय कार्यसमिति बैठक#भीम रावल#विदेशीसामु लम्पसार पर्ने प्रवृत्ति#पुरुष क्रिकेट#कर्णाली प्रदेश
खेलकुद क्रिकेट

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले आवेदन खुलायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि क्यानले आवेदन खुलायो
काठमाडाैं, फागुन ४ :

नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि आवेदन खुलाएको छ।

शनिबार जारी गरिएको सूचनामा क्यानले ईसीबी वा क्रिकेट अस्ट्रेलियाको लेभल ३ वा सो सरहको मान्यता प्राप्त तथा कम्तीमा ५ वर्षको प्रशिक्षण अनुभव भएको व्यक्ति माग गरेको छ।

एसोसियट राष्ट्रको खेल गतिविधिबारे जानकार हुनुपर्ने शर्त पनि राखिएको छ। आवेदन दिने अन्तिम मिति फेब्रुअरी २८ तोकिएको छ।

भारतीय प्रशिक्षक मोन्टी देशाईसँगको दुई वर्षे सम्झौता गत महिना सकिएपछि उनको सम्झौता नवीकरण गरिएको थिएन। 

पुनः नवीकरणमा नपरे पनि उनले  नेपाली क्रिकेट टिम र क्रिकेटको सफलताको कामना गरेका थिए । उनकै प्रशिक्षणको अवधिमा नै नेपाली क्रिकेटले राम्राे प्रस्तुति देखाउन सफल भएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार