
खोटाङ, फागुन ५ :
खोटाङको हलेसी बजारमा आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको स्थानीय पदम राईको ग्यास पसलमा आगलागी भएको हो।
प्रहरीका अनुसार अहिले आगो निभाउने प्रयास भइरहेको छ ।आगो निभाउन ढिलाई हुँदा उक्त पसलमा रहेका ग्यास सिलिन्डरहरू पड्किन थालेको स्थानीले बताएका छन्।
पानी नहुँदा आगो निभाउन सकिएको छैन । आगो बजारका अरु घरमा पनि फैलिने सम्भावना देखिएको स्थानीयले बताएका छन्। उक्त पसलमा हार्डवयरका सामानहरू पनि रहेको बताइएको छ । ती सामानहरू पनि जलिरहेको बताइएको छ। आगलागीको क्षतिबारे थव विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।