
फाइल तस्बिर।
काठमाडौं, फागुन ७ :
काठमाडौंको बुढानीलकण्ठमा घर भाडामा लिएर जुवा खेलाउने २४ जना भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँका सूचना अधिकारी एसपी काजीकुमार आचार्यका अनुसार सोमबार बुढानीलकण्ठ नगरपालिका ५ बाट उनीहरु पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको कारोबार गरेको पनि खुलेको छ।
गत माघ २७ गते पनि बुढानीकण्ठ नगरपालिका ३ गैरीगाउँबाट अनलाइन जुवा खेलाउने २३ जना भारतीय नागरिकलाई पक्राउ गरिएको थियो ।
उनीहरूको साथबाट प्रहरीले २१ थान ल्याप्टप, ३८ थान मोबाइल, कपी र डायरी २ थान र वाइफाइ राउटर ३ थान बरामद गरेको छ।पक्राउ पर्नेहरू भारतको बिहार, उत्तरप्रदेशका रहेका छन्। उनीहरुलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर अनुसन्धान भइरहेको छ।