
काठमाडौं, फागुन ८ :
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार(भोलि) भारत जाने भएका छन् । उनी उत्तर प्रदेशको प्रयागराजमा आयोजना हुने 'कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी' कार्यक्रममा वक्ताको रूपमा सहभागी हुनेछन्।
कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार, देउवाले कुम्भ समिटको कार्यक्रममा सहभागिता जनाउनेछन् यस कार्यक्रममा विकास र दिगो प्रवृद्धिका विषयमा छलफल हुनेछ।
कार्यक्रममा विश्वका १९ जना प्रमुख वक्ताहरूको सहभागिता रहनेछ। यो कार्यक्रम नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। देउवा राजनीतिक भेटघाट कार्यक्रममा समेत सहभागी हुने बुझिएको छ।